आज राति ९ बजे प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शपथ ग्रहण गर्ने


काठमाडौँ । अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आज राति पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राति ९ बजे शीतल निवासमा उनलाई शपथ गराउने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

शपथपछि तत्काल सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।