काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद विघटन गर्ने निर्णयप्रति असहमति जनाएको छ ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन र संसद विघटन गर्न भएको सहमतिप्रति माओवादी केन्द्रले असहमति जनाएको हो । बैठकले उक्त सहमतिलाई मुलुकको संवैधानिक व्यवस्था विपरीत भनेको छ ।
नेकपा माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसद विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रूपमा असहमति रहेको निर्णय गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्