प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै मोदीले भनेः नेपालको समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध


काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत नेपालकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सम्हालेको अवसरमा शुभकामना दिएका छन्।

प्रधानमन्त्री मोदीले नेपालका दाजुभाइ र दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेकाे बताए । उनले दुई देशबिचको मित्रता सधैं बलियो रहने र साझा विकासको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।