प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै सुनिताले भनिन्ः सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्तिप्रति बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।

उपप्रमुख डङ्गोलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यो केवल ऐतिहासिक र गौरवमय क्षण मात्र नभई मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर भएको उल्लेख गरेकी छन्।

“नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको संचार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु,”उनले आफ्नो सन्देशमा भनिन् ।

त्यसैगरी, डङ्गोलले जेन जी पुस्ताको आन्दोलनमा सहादत प्राप्त शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।