जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो


काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले जेनजी आन्दोलनमा मृत्यु हुनेको जानकारी गराएका हुन् ।

आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए ।

उक्त प्रर्दशनमा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । मृतक मध्ये अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ र २४ गते आन्दोलनमा उत्रिएका युवा र प्रहरीबिच झडप भएको थियो । हालसम्म पनि आगजनी भएका स्थानहरुमा शव फेला पर्ने क्रम बढिरहेको छ ।