काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाकाे शव भेटिएको छ ।
आगोले जलेर क्षत्विक्षत् भएको अवस्थामा शव फेला परेका हुन्। यहाँ शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएका हुन्।
आगोले क्षतिग्रस्त भाटभटेनीमा ६ जनाको शव फेला परेको प्रहरी वृत्त गौशालाले जनाएको छ। ती शवको पहिचान गर्न सकिने अवस्था छैन।
प्रतिक्रिया दिनुहोस्