काठमाडौं । भदौँ २३ गते जेनजीको प्रदर्शनले एकाएक उग्र रुप लियो । नयाँ वानेश्वरस्थित संसद भवन छिर्न जान लागेको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलायो । प्रहरीको गोली लागेर आन्दोलनकारी सडकमा ढल्न थालेपछि भिड थप उत्तेजित बन्याे । २३ गते २० जना बढिको ज्यान गएपछि २४ गते प्रदर्शनकारीले नेताका घर र प्रहरी कार्यालय र सरकारी कार्यालयलाई निशाना बनाए । सोहि क्रममा प्रहरीमाथी छानीछानी आक्रमण हुन थालेपछि उनीहरु कार्यालय नै छाडेर भाग्ने अवस्था आयो ।
प्रहरीले कार्यालय छाडेर भागिसककाे र प्रधानमन्त्री राजीनामा दिएपनि क्रमबद्ध रुपमा तोडफोड र लुटपाटको झिल्को बैंकसम्म पुग्यो । सोहिक्रममा २४ गते बेलुका एउटा भिडले राष्ट्रिय वाणिज्य बैंक नयाँ वानेश्वर शाखामा तोडफोड गर्दै लुटपाट गर्न थाल्यो । नयाँ वानेश्वरमा भएको लुटपाटमा ललितपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सुरेश देउला भने प्रहरीको कार्यालय खोज्दै लुटपाट हुँदा बाटोमा भेटेको पाँच लाख बढि पैसा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा पुगे ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ३७ वर्षिय सुरेशले लुटपाट हुँदा बाटोमा भेटेको भनि रु. ५०० दरका नयाँ नयाँ नोट पाँच लाख रुपैयाँ र बाटोबाट टिपेको खुद्रा १० हजार ५०० रुपैँया बोकेर जावालेखस्थित कार्यालयमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्