गृहमन्त्री नियुक्त अर्यालको विरोध,जेनजी समूह भन्छ, ‘सहजिकरण गर्न पठाएको गृहमन्त्री हाइज्याक गर्‍यो’


काठमाडौँ । सपथ ग्रहण नगर्दै गृहमन्त्रीमा नियुक्त भएका ओमप्रकाश अर्यालको जेनजी समूहले नै विरोध गरेको छ ।

जेनजी समूहका अगुवा सुधन गुरुङले आफूहरूले सहजिकरणका लागि पठाएको तर अर्यालले गृहमन्त्री पद हाइज्याक गरेको भन्दै विरोध गरेका छन् ।

नियुक्तिको खबर पाएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार गेटमा पुगेका जेनजी समूहका अगुवा सुधन गुरुङले भने,“त्यो लयर(ओमप्रकाश अर्याल) यसले आफै गृहमन्त्रीसन्त्री बनाउँदै रैछ, म लासमा हिँडिरहे हैन ।”

अर्याल गृहमन्त्री नियुक्त भएको थाहा पाएपछि जेनजी विद्रोहमा मारिएकाका परिवारले समेत विरोध गरेका थिए । मन्त्री बनाउँदा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी समूहसँग समेत छलफल नगरेको देखिएको छ ।

अर्याल काठमाडौँ महानगरपालिकाका बालेन्द्र शाहका पूर्वकानुनी सल्लाहकार हुन् ।

राष्ट्रपति अन्तरिक सरकारका प्रधानमन्त्री नियुक्त गर्दा सुधन गुरुङ्सँग छलफल गरेका थिए तर मन्त्रिपरिषद् विस्तार गर्दा कार्कीले गुरुङ्सँग छलफल नगरेको देखिएको छ ।