काठमाडौँ । एसोसिएसन अफ् प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अपिन)ले जेनजी आन्दोलनका क्रममा विभिन्न स्वास्थ्य संस्था सञ्चालक तथा स्वास्थ्यकर्मीहरूको भौतिक तथा आर्थिक क्षतिप्रति दुःख व्यक्त गर्दै घटनाप्रति खेद व्यक्त गरेको छ ।
अपिनले घटनाहरूको छानबिन गरि, दोषी उपर अत्यन्त कडा कारबाही गरी सबै निजी क्षेत्रका पीडित उद्योगि व्यापारीहरूको मनोबल उच्च राख्न अफिनले जोडदार माग गरेको छ ।
अफिनले संस्थाका निवर्तमान अध्यक्ष तथा नर्भिक हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरी, पूर्व केन्द्रीय सदस्य एंव मेडिसिटी हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महता तथा अन्य अफिनमा आबद्ध भएका नभएका संम्पूर्ण निजी स्वास्थ्य संस्थाहरुको संचालक र ती संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको गत भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा आगलागी, तोडफोड, लुटपाटबाट भौतिक, आर्थिक रुपमा पुग्न गएको क्षतिप्रति खेद प्रकट गर्दै भर्सना गरेको छ ।
अफिनले भनेको छ,“निजी स्तरका स्वास्थ्य संस्थाहरुले राज्यलाई ठुलो मात्रमा राजस्व बुझाउने मात्रै हैन कि, देशमा स्वास्थ्य सेवा निर्वाह गर्न निजी स्वास्थ्य क्षेत्रलाई अब्बल बनाई राष्ट्रलाई समेत महत्वपूर्ण योगदान गरिरहेको सर्वविधितै छ।
निजी स्वास्थ्य संस्थाहरु, एम्बुलेन्स, निवासहरु जेनजीका नाममा तोडफोड तथा आगजनी हुनलाई पक्कै सभ्य समाजको परिचयका रुपमा लिन सकिदैन ।”





प्रतिक्रिया दिनुहोस्