काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले दोस्रो चरणमा आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि ११ करोड बढिको आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।
यसअघि कम्पनीले गत भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने तय भएकोमा देशमा सिर्जना भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै उक्त आईपीओ निष्कासन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।
कम्पनीले आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरु तथा मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।
यो आईपीओमा लगानीकर्ताले छिटोमा भदौ असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्