तोलामा १०० रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख १५ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य १०० रूपैयाँले बढेर सोमबार २ लाख १५ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर २ हजार ५७५ रूपैयाँमा कारोबार भइरहेको छ ।