काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने निर्णय गरेका छन् ।
आज मन्त्रालयमा पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय नै प्राधिकरणको विद्युत् महसुल उठाउने पहिलो निर्णय समेत गरेका हुन् । उनलाई केपी ओली नेतृत्वको सरकारले बर्खास्त मुख्य कारण पनि वक्यौता रकम थियो ।
घिसिङ्ले विभिन्न उद्योगले नतिरेका बक्यौता रकम उठाउन खोजेका थिए तर सरकारले अडचन हालेको थियो ।
महसुल उठाउने विषय चर्किदै जाँदा झण्डै सात महिना पहिले घिसिङलाई ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो ।
जेनजी आन्दोलनपछि घिसिङ् नै ऊर्जामन्त्री बनेर पदमा पुगेका छन् । उनले पहिलो निर्णय नै वक्यौता रकम उठाउने निर्णय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्