सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख १५ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार एक हजार ९०० रूपैयाँले बढेर २ लाख १७ हजार १०० रूपैयाँमा कायम भएको हो ।

चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर २ हजार ५९५ रूपैयाँमा कारोबार भइरहेको छ ।