काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् ।
कार्यक्रमको शिलशिलामा विदेशमा रहेका कार्यकारी निर्देशक शाक्यले घिसिङलाई ‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएको’ व्यक्तिको रूपमा चर्चा गर्दै सफल कार्यकाल र उत्तरोतर प्रगतिको कामना गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“ ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ।”

उनले सम्पूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत कामना गरेका छन् । उनले मन्त्री घिसि लाई शुभकामना दिँदै भनेका छन् भनेका छन्,“ सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।
काठमाडौँ । विदेशमा रहेका शाक्य ऊर्जामन्त्री कुलमान घिसिङको पदभार ग्रहणका क्रममा स्वागतमा उस्थित थिएनन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले घिसिङलाई बर्खास्त गरेर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।
बर्खास्त भए पनि जेनजी आन्दोलनपछि प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ ऊर्जामन्त्री बनेर सिंहदरबार छिरेपछि अनेक अड्कल काटिएका छन् ।
कतिपयले मन्त्री घिसिङले शाक्यलाई बर्खास्त गर्न सक्ने वा शाक्यले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट राजीनामा दिनसक्ने समेत टिप्पणी हुने गरेको छ । कार्यकारी निर्देशक शाक्यले भने कुलमानको प्रशंसा गर्दै बधाई दिएका छन् ।
कार्यकारी निर्देशक शाक्य दक्षिण कोरियाको एक कार्यक्रममा सहभागि हुन गएका छन् ।
प्रतिक्रिया दिनुहोस्