काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार एउटा जलेको शव फेला परेको छ । जिल्लाप्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार शव पूरै डढेको अवस्थामा रहेकाले तत्काल पहिचान खुल्न सकेको छैन ।
योसँगै जेनजी आन्दोलनपश्चात् मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि चुच्चेपाटीस्थित भाटभटेनीबाट जलेको अवस्थामा सात शव फेला परेका थिए, तर ती शवको पनि अहिलेसम्म पहिचान हुन सकेको छैन ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका अस्थिपञ्जर र अज्ञात शवहरूले न केवल अस्पतालको शवगृह भरिएको छ, बरु पीडित परिवारहरूको प्रतीक्षालाई अझ लम्ब्याएको छ । पहिचान हुन नसक्दा कति परिवार अझै आफ्ना हराएका सदस्यको खोजीमा अलमलिएका छन् ।
प्रतिक्रिया दिनुहोस्