९० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ९० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार बोलकबोलको माध्यमबाट १० दिनको लागि ९० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

असोज १२ गते राष्ट्र बैंकले यसको साँवाब्याज भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।