पहाडी र तराई भू-भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह


काठमाडौँ । नेपालमा मनसुन सक्रिय रहँदा आगामी २४ घण्टासम्म विभिन्न प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। साथै यी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य पहाडी भू-भागमा सामान्यतया बदली र बाँकी तराई भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ जसको प्रभावले देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ। विभागले सम्भावित भारी वर्षाका कारण पहिरो तथा बाढीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।