काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन जी पुस्ताको आन्दोलनमा सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन्।
संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको बताए । घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको र धेरै युवाहरुको ज्यान गएको उनकाे भनाइ छ ।
प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने उनकाे माग छ । घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
अहिले संविधानमाथि ठूलो आक्रमण भएको बताउँदै प्रधानमन्त्रीबाट आफूले राजीनामा दिएपछि पनि संहदरबार जलाइएको, नेपालको नक्शा जलाइएको, देशको निशानी मेटाउन खोजिएको बताए । विदेश जाने-आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला? उनको प्रश्न छ ।
अध्यक्ष ओलीले सबै पुस्ताका नेपाली एकजुट हुनुपर्ने आह्वान गर्दै सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न रसंविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताए । एकताले नै देशसामु उत्पन्न अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्ने उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्