काठमाडाैँ । गृह मन्त्रालयले हालै जेनजी पुस्ताद्वारा भएका प्रदर्शनपछिका घटनाक्रम र त्यससँगै समाजमा हुन सक्ने उच्छृङ्खल गतिविधिलाई ध्यानमा राख्दै विशेष सहायता कक्ष स्थापना गरेको छ।
मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार समाजमा कुनै समस्या देखिएमा वा उत्पन्न हुन सक्ने अवाञ्छित गतिविधिको जानकारी सहज ढंगले संकलन र व्यवस्थापन गर्न गृह मन्त्रालयमा यो सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
यसका लागि मन्त्रालयले मोबाईल नम्बर ९८५१३६०६०३ सार्वजनिक गर्दै सम्बन्धित सबैलाई आफ्नो सूचना, गुनासो, सल्लाह वा सुझाव सोही नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत पठाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्