काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले कार्यसम्पदान समितिको बैठकले गरेको निर्णयका आधारमा पार्टीलाई अगाडि बढाउने बताएका छन् ।
पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको विशेष महाधिवेशन गर्ने÷नगर्नेबारे निर्णय गर्न छिटै पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने उनको भनाइ छ ।
उनले जेन जी आन्दोलनको क्रममा नेपाली काँग्रेसजस्तो अग्रगामी र लोकतान्त्रिक पार्टीका संरचनामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै खेद व्यक्त गरे । उनले जेनजी पुस्ताको सहभागिता र उनीहरूको मागलाई सम्बोधन गर्नेगरी पार्टी अगाडि बढ्ने कुरामा आफूहरू गम्भीर रहेको पनि बताए ।
गत भदौ २३ र २४ मा भएको जेन—जी पुस्ताको आन्दोलनको क्रममा नेपाली काँग्रेसको केन्द्रिय तथा अधिकांश जिल्ला र प्रदेश कार्यालयहरूमा समेत व्यापक क्षति भएको छ । यससँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण बहस चुलिएको छ ।
प्रतिक्रिया दिनुहोस्