आइतबार बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख १६ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख १७ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर २ हजार ६२० रूपैयाँमा कारोबार भइरहेको छ ।