काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरूको पुनर्निर्माण प्रक्रिया सुरू गर्न संसदीय समितिले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आइतवार बसेको बैठकले उक्त ध्यानाकर्षण गराएको हो ।
समितिले संसद भवन, सिंहदरबार, राष्ट्रपतिको कार्यलय, सर्वोच्च अदालत लगायत दशभरका सरकारी, सार्वजानिक, निजी भवन तोडफोड र आगजानी भई खर्बौंको सम्पतिमा क्षति पु¥याउने कार्यको भत्र्सना समेत गरेको छ ।
समितिले उक्त घटनाको शिघ्र छानविन गरी दोषिमाथी कारबाही गर्न र यथाशिघ्र पुनःनिर्माण प्रक्रिया शुरु गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको समिति सभापति कमलादेवी पन्तले जानकारी दिइन्।
समितिले भदौ २३ र २४ गतेको असहज एवं कारुणिक घटनाक्रमप्रति गहिरो दुःख व्यक्त गरेको छ । समितिले साहदत प्राप्त युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना र परिवारजनमा समवेदना प्रकट गरेको छ ।
बैठकले समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन परिमार्जनसहित पारित समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्