काठमाडौँ । मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ ।
पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो । सडक डिभिजन कार्यालय, चितवनले नारायणगढतर्फ ३ वटा स्काभेटर लोडर र मुग्लिङतर्फ पनि ३ वटै स्काभेटर लोडर प्रयोग गरेर पहिरो पन्छ्याएको हो।
गत शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्