काठमाडौँ । सरकारले २३ र २४ भदौमा भएका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।
विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्की नेतृत्वको आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्यका रूपमा चयन भएका छन् । सरकारले आयोगलाई घटनाबारे आवश्यक अध्ययन, अनुसन्धान र प्रतिवेदन पेस गर्ने गरी तीन महिनाको कार्यावधि दिएको छ ।
आयोगले तोकिएको समयभित्र घटनाका कारण, प्रभाव र दोषी देखिएका पक्षबारे निष्कर्षसहित प्रतिवेदन पेश गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्