काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले बढेको छ । नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख १७ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ७०० रूपैयाँले बढेर २ लाख १७ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेर २ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्