बेलायती प्रधानमन्त्री केयर स्टारमरले आईतवार बेलायतले प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गरेका छन् ।
प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार र दुई–राज्य समाधानको लागि बेलायतको समर्थनलाई पुष्टि गर्दै प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गरेका हुन् ।
उनले गाजामा मानव निर्मित मानवीय संकटको भिडियो घोषणामा निन्दा गरे । दशौं हजार मारिएका र जसमा हजारौंले खाना र पानी संकलन गर्ने प्रयास गर्दा मारिएको बताएका छन् । यो मृत्यु र विनाशले हामी सबैलाई डराएको उनकाे भनाइ छ ।
प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासलाई लेखेको पत्रमा स्टारमरले उल्लेख गरेका छन् की दुई–राज्य समाधान नै यस क्षेत्रको लागि न्यायपूर्ण र दिगो शान्तिको एक मात्र बाटो हो ।
गाजामा आधारित स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर ७, २०२३ देखि गाजा पट्टीमा इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरूको संख्या ६५ हजार नाघेको छ । आइतबार क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्