असोज २२ गतेसम्मका लागि देशभर रुट परमिट खुला हुने


काठमाडौं । आजदेखि असोज २२ गतेसम्मका लागि देशभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकमा गत भदौ ३१ गते चाडपर्वलाई लक्षित गर्दै यस्तो निर्णय गरेको थियो ।

यद्यपी बाटोको प्रकृतिका कारण सो रुटमा चल्न निषेध गरिएका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने छ ।

त्यस्तै, बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी ९१२ चक्के वा सोभन्दा माथि सञ्चालन गर्न पाइने छैन तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइनेछ ।