मुग्लिन-नारायणगढ सडक आज दिउँसो २ घन्टा बन्द हुने


काठमाडाैँ । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड आज दिउँसो २ घन्टा बन्द रहने भएको छ।

सडकमा आएको पहिरो पूर्णरूपमा हटाउन जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयअनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिने भएको छ ।

सो अवधिमा सवारीसाधनहरू रोकिएर बस्नुपर्ने हुँदा सम्बन्धित सबै चालक र यात्रुलाई आफ्नो लेन अनुशासनमा रहन प्रशासनले अनुरोध गरेको छ । पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा ल्याइने जनाइएको छ ।