स्याङ्जा । कास्की कारागारबाट फरार भएका एक कैदीलाई स्याङ्जामा पक्राउ गरिएको छ।
भदौ २४ गते राति जेनजी आन्दोलनको क्रममा कास्की कारागार, पोखराबाट कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका स्याङ्जा भीरकोट नगरपालिका वडा नम्बर ३ घर भएका यमबहादुर रोका फरार भएका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ र मातहतका टोलीले संयुक्त विशेष अपरेसन सञ्चालन गरी उनलाई सोमबार घरमै लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रोकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला कारागार, स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्