काठमाडौँ । स्कोडा नेपालले यस चाडपर्व सिजनलाई लक्षित गर्दै ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सार्वजनिक गरेको छ। ‘फास्ट एण्ड फियरलेस’ भन्ने थिमसहित सुरू गरिएको यस अभियानले ग्राहकहरूलाई प्रिमियम ड्राइभिङ अनुभवका साथ रोमाञ्चक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
यस अभियान अन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले २०५ डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार यस अभियानको सबैभन्दा विशेष अवसरमा ग्राहकहरूले कतारमा हुने ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। यो जीवनमा एकपटक पाइने विश्वस्तरीय मोटरस्पोर्ट्स अनुभवका रूपमा मूल्यवान मानिन्छ।
स्कोडाले यस चाडपर्वमा केवल गाडी मात्र नभई अविस्मरणीय अनुभव र रमाइलो सम्झना पनि ग्राहकलाई प्रदान गर्ने उद्देश्य राखेको छ। कम्पनीका अनुसार स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारमा नयाँ परिभाषा थप्दै आएको छ।
नेपालभरिका सबै अधिकृत स्कोडा सोरूममा बुकिङ खुला भइसकेको छ। स्कोडा नेपालले चाडपर्वलाई अझ उत्सवमय बनाउन ग्राहकहरूलाई “फास्ट, फियरलेस र फुल अफ फेस्टिभ डिलाइट अनुभव गर्न आमन्त्रित गरेको छ।
प्रतिक्रिया दिनुहोस्