सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य २ लाख २३ हजार रूपैयाँ कायम भएको छ । मंगलबार २ लाख २१ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक हजार ३०० रूपैयाँले बढेको हो ।

चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर २ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।