काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटिको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भुमिका खेल्ने निर्णय गरेको जानकारी दिए।
उनले जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरेर सझदारी कायम गर्ने , समाजवादी मोर्चा र अन्य राजनितिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरू, सामाजिक संघसंस्थाहरू सबैलाई समेटेर वृहत संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको जानकारी दिए ।
माओबादीको बिहीवार बस्ने केन्द्रिय कमिटी बैठकको लागि एजेण्डा तय गर्न बुधवार स्थायी कमिटिको बैठक बसेको थियो । स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए। बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्