काठमाडाैँ । नेपाली काँग्रेस मधेस सरकारबाट बाहिरिएको छ ।
जनकपुरमा आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ता लिएसँगै काँग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने निर्णय गरेको काँग्रेस संसदीय दलले पुष्टि गरेको छ ।
काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले बैठकबाट मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्