नवरात्रीको चौथो दिन आज शक्तिपीठमा भक्तजनहरूको घुइँचो


काठमाडाैँ । आज नवरात्रीको चौथो दिन । देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ ।

जमरा घरमा शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना गर्ने गरिन्छ । साथै काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरूमा भक्तजनको भीड रहेको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा रहेको देवी मन्दिरमा पनि भक्तजनहरुरू गएर पूजा गरिरहेका छन् । विधिवत रुपमा दसैँ सुरू भएको आज चौथो दिन भइसकेको छ । यस वर्ष असोजको १६ गते दसैँको टीका रहेको छ ।