सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल बनाइएको छैनः डोलप्रसाद अर्याल


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पारेका छन् ।

बुधवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो स्पष्टिकरण दिएका हुन्।

कार्यवाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रिय समिति बैठकले अनुमोदन गरेको उल्लेख गरे । 

कार्यवाहक सभापति अर्यालले पार्टी भित्र कुनै फरक मत नरहेको पनि दोहो¥याए ।