काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख २३ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख २१ हजार ३०० रूपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर २ हजार ६८५ रूपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्