कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ


काठमाडाैँ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते राति कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी बिमल जिटी पक्राउ परेका छन्।

भिरकोट नगरपालिका वडा नम्बर ५, स्याङ्जा घर भएका २८ वर्षीय जिटीलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले भदौ ९ गते आफ्नै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका जिटीलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला कारागार, स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।