काठमाडाैँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र युरोपेली संघ (ईयु) का राजदुतबिच शिष्टाचार भेटवार्ता भएको छ ।
बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र राजदुतबिच शिष्टाचार भेट भएको हो ।
ईयुका राजदुतसँगै फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदुतले पनि शिष्टाचार भेट गरेका छन् । जेनजी आन्दोलनसँगै भएको पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ ।
जेनजी आन्दोलनसँगै केपी शर्मा ओली नेतृत्वको सरकार पतनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएका थिए । यसअघि पनि भारत, अमेरिका र चीनका राजदुतले प्रधानमन्त्री कार्कीसँग भेट गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्