काठमाडौँ । पुँजी बजारको प्रणालीगत सुधार तथा प्रकृयागत सुधार सम्बन्धि अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ । अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले आज प्रतिवेदन बुझाएको हो ।
गत शुक्रवार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डको कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेका थिए ।
जेनजी आन्दोलनपश्चात् एक हप्ता भन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको सेयर बजार १६० अङ्कले घटेपछि अर्थमन्त्री खनालले सेयर बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरेका थिए ।
कार्यदलले आफ्नो प्रतिवेदनमा तीन महिना भित्र गर्नुपर्ने १५ ओटा, १ वर्षभित्र गर्नुपर्ने काम १५ ओटा र १ वर्षभन्दा बढी अवधिमा गर्नुपर्ने काम ७ ओटा कामको सुझाव दिएको छ ।
कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्य योजना पेस गर्नुपर्ने कार्यादेश रहेको थियो। कार्यदलले समयभित्रै प्रतिवेदन बुझाएको हो ।
पुँजी बजारको समस्या अध्ययन गर्न बनेको कार्यदलले बुझाएको प्रतिवेदन (पूर्ण पाठ)
प्रतिक्रिया दिनुहोस्