नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरू भइसक्योः प्रधानमन्त्री कार्की


काठमाडाैँ । सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानविन सुरू गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

गत भदौ २३  २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका काँग्रेस सभापति शेरबहादुर देउवालगायतका शिर्ष नेताहरूको घरमा नगद रकम जलेको भेटिएको थियो ।

प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पारिन्। 

उनले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा परेको संरचना पुर्ननिर्माणको कार्य समेत अघि बढिसकेको उल्लेख गरिन्।