काठमाडाैँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा गोली हानी युवाहरूको हत्या गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
बिहीवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् । उनले आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरी मृत्यु भएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि बताइन् ।
उनले घाइतेहरुको निःशुल्क उपचार भइरहेको पनि बताइन् । प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।जेनजी आन्दोलनको क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ । सयौं उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्