काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएर क्षतिग्रस्त भएको कोटेश्वर प्रभागमा प्रहरी पुनस्र्थापित गरिएको छ ।
प्रभागको पुनर्निर्माण सम्पन्न भएपछि बिहीवार एक विशेष कार्यक्रमको आयोजना गरी त्यहाँ कार्यरत प्रहरीहरूलाई पुनःस्थापना गरिएको हो । भदौ २४ गतेको आन्दोलनमा देशका सयौँ प्रहरी कार्यालयहरूमा क्षति भएको थियो ।
हाल स्थानिय समुदायको सहयोगमा प्रहरी पुनःस्थापना भइरहेको छ । कार्यक्रममा उपत्यकाका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले प्रहरीका काम गर्नमा सहयोग गर्न आग्रह गरे । प्रहरी र नागरिकको सहकार्यमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।
७० वर्षको इतिहासमा नेपाल प्रहरीले विभिन्न आरोह अवरोहहरु पार गरेर आएको उनले बताए । मुलुकमा भएका राजनितिक, सांस्कृतिक किसिमका अनेकन आरोह, अवरोह पार गर्दै नेपाल प्रहरी सतिसाल जस्तो खडा भएको उनको भनाइ छ ।
उनले नेपाल प्रहरी नागरिकको दुःख र सुख दुवैको साथी भएको बताए । नागरिकले कहिलेकाँही प्रहरीमाथी आवेगमा आक्रोश समेत व्यक्त गर्ने गरेको उनको भनाइ छ । स्थानीयहरुले प्रभागमा फर्केका प्रहरीहरूलाई फूलमालाले स्वागत र सम्मान गरेका थिए । साथै आन्दोलनको क्रममा ज्यान गुमाएका दिवंगत प्रहरीहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्