प्रदर्शनका क्रममा हराएका हातहतियार र खरखजाना असाेजभित्र बुझाउन गृह मन्त्रालयको आग्रह


काठमाडाैँ । गृह मन्त्रालयले देशभर भएका प्रदर्शनका क्रममा हराएका हातहतियार र खरखजानासम्बन्धी सर्वसाधारणलाई सूचना जारी गर्दै नियन्त्रित रूपमा बुझाउन अनुरोध गरेको छ।

जेनजीपुस्ताद्वारा भदाैँ २३ र २४ गते काठमाडाैँसहित विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा सुरक्षा निकायसँग हराएका हातहतियार र खरखजानालाई नजिकको सुरक्षा निकायमा २०८२ असोज मसान्तभित्र बुझाउन सकिने सूचनामा उल्लेख छ।

साथै, समयमै हातहतियार वा खरखजाना बुझाउने वा त्यसको जानकारी दिने व्यक्तिलाई गृह मन्त्रालयबाट उचित सम्मान दिइने जनाइएको छ।