काठमाडौँ । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) बिच सहमती भएको छ ।
नेपाल भ्यालुयर्स एसोसियसनका सचिव रविन्द्र अधिकारीले एसोसिएसनले राखेको माग पुरा भएको बताए । उनले भने, “नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग भ्यालुयर्स एसोसिएशनबिच सहमती भएको छ । एसोसिएशनले राखेको माग पुरा भएपछि सहमती भएकाे हाे ।”
भ्यालुयर्स एसोसिएशनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको थियो । दुई पक्षबिच सहमती भएसँगै एसोसिएशनले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल भ्यालुयर्स एसोसिएशनबिच सहमती भएको बुँदाहरूः
१. एनआईएमबी बैंकले भने अनुसार एनभिएले नेपाल बैंकर्स संघसँग गरेको सर्भिस ड्राफ्ट एग्रीमेन्ट आजकै मितिबाट लागू गर्नेछ । मूल्यांकनकर्ताको काम कर्तव्य र अधिकार एनआईएमबी बैंकको सर्भिस ड्राफ्टको एनेक्समा लेखिए अनुसार हुनेछ ।
२. एनआईएमबी बैंकले अब उप्रान्त कुनै पनि मुल्यांकनकर्तालाई कालोसूची लगायतका कार्बाही गर्नु अघि एनभिएसँग पर्याप्तरूपमा छलफल गरि सुक्ष्म अनुसन्धान गरेर गर्र्नेछ । यसअघि भएका विभिन्न कारबाहीका सिफारिसहरू आजै बाट खारेज गरिएको छ । यस सहमतिले कानुनी प्रक्रियाद्वारा निचोड मा पुगिसकेका कार्बाहिलाई असर गर्ने छैन ।
३. एनआईएमबी बैंकले आजका मितिले ३५ दिन (कात्तिक मसान्त) भित्र नयाँ मुल्यांकनकर्ता नियुक्ति गर्न सार्वजनिक सूचना जारी गर्नेछ। नियुक्तिको लागि योग्यता र अनुभव तोक्न बैंक स्वतन्त्र छ भने एनभिएले त्यसमा कुनै हस्तक्षेप गर्नेछैन। त्यसैले एनभिएले भने बमोजिम धेरै मुल्यांकनकर्ता भएको र काम नपाएको गुनासो सुनुवाइ हुनेछ। अहिले मुल्यांकनकर्ताकोरूपमा रहेका र भबिस्यमा नरहन सक्ने मुल्यांकनकर्ताले सुचीकृत हुँदा राखेको रकम मुद्दती अवधी सकिनासाथ फिर्ता लैजान सक्नेछन्। भबिष्यमा मुल्यांकनकर्ताको रुपमा नरहे पनि बैले ती मुल्यांकनकर्तालाई गर्ने व्यबहार सहमति नं. २ बमोजिम नै हुनेछ।
४. एनभिए र एनआईएमबी बैंक बिच सहमति भए बमोजिमको मुल्यांकन परामर्श शुल्क तत्काल लागू हुनेछ भने ठुला परियोजना हरुको शुल्क मुल्यांकनकर्ता र ऋणीको आपसी सहमतिमा तय हुनेछ। त्यसमा बैंकले समन्वयपुर्ण भुमिका खेल्नेछ। तर समय सापेक्ष दुवै पक्षको सहमतिमा भविष्यमा मुल्यांकन शुल्क परिवर्तन गर्न दुवै पक्ष सहमत छन्।
५. सहमति नं. १ मा लेखे बमोजिम मुल्यांकनकर्ताको काम कर्तव्य र अधिकार रहने छ भने बैंकको हित चिताएर काम गर्नु मुल्यांकनकर्ताको उत्तरदाहित्व रहनेछ।
६. सहमति नं. २ मा भविष्य बमोजिम गर्न दुवैपक्ष सहमत छन्।
७. एनभिएले विभिन्न माग राखी एनआईएमबी बैंक विरुद्ध यस अघि घोषणा गरेका आन्दोलनका सम्पुर्ण कार्यक्रम आजकै मिति बाट फिर्ता लिनेछ।




प्रतिक्रिया दिनुहोस्