राजनीतिक कनेक्सनले रोकिएका अपराध अनुसन्धानको काम तत्काल अघि बढ्छः गृहमन्त्री अर्याल


काठमाडाैँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरू तत्काल अघि बढ्ने बताएका छन् ।

शुक्रवार अपरान्ह नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सरकारले सुशासन प्रवद्र्धनका लागि पहिलो शर्तको रूपमा सो कामलाई अघि बढाउने बताएका हुन् ।

मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्शनको आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि दोहो¥याए। त्यस अवसरमा उनले आफूले प्रचलित कानून बमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराइएको पनि बताए ।

सरकारले सुशासनलाई कायम गरेर मुलुकमा तोकिएको मितिमा नै निर्वाचन गराउने योजनाका साथ काम गरिरहेको गृहमन्त्री अर्यालको भनाइ थियो । 

गृहमन्त्री अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए ।