काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी अध्यक्ष पद त्याग गर्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा सम्पन्न केन्द्रिय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले अब आफू अध्यक्ष नरहेको र महाधिवेशन आयोजक समितिको संयोजकको मात्र भूमिका रहने स्पष्ट पारेका हुन्।
उनले भने, “आज केन्द्रिय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो।”
नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक बिहीबारदेखि काठमाडौंमा जारी थियो। बैठकमा आगामी महाधिवेशनको तयारी, नेतृत्व संरचना तथा पार्टी पुनर्गठनका एजेन्डामाथि छलफल भएको बताइएको छ।
दाहालले अध्यक्ष पद छोडेको घोषणा पार्टीभित्र नयाँ नेतृत्व उदाउने संकेतका रूपमा हेरिएको छ। अब पार्टी महाधिवेशन आयोजक समिति संयोजकको नेतृत्वमा अघि बढ्ने भएको छ।



प्रतिक्रिया दिनुहोस्