काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दसैँ–तिहारको अवसरमा शिक्षकको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै शिक्षकहरूले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरेको भन्दै धेरै गुनासो आएको उल्लेख गरेका छन् । मन्त्री पुनका अनुसार मन्त्रालयले पहिले नै विद्यालयहरूमा शिक्षकको तलब पठाइसकेको भए पनि केही प्रधानाध्यापकले अन्यायपूर्ण तरिकाले रोक्ने गरेको पाइएकाले तत्काल तलब निकासा गर्न निर्देशन दिइएको छ ।
“भोलीसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकको तलब निकासा नगर्ने विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारवाही गरिनेछ,”मन्त्री पुनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्