काठमाडौँ ।चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म लघु जीवन बिमकले लघु जीवन बिमकले साढे १५ करोडभन्दा बढीको व्यापार गरेको छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका तीन ओटा लघु जीवन बिमकले भदौसम्म १८ लाख ९४ हजार २३९ वटा बीमालेख जारी गरेर १५ करोड ६४ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
जसमा सबैभन्दा बढी धेरै क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनी ४ लाख ६२ हजार ७५९ वटा बीमालेख जारी गरेर ५ करोड ६३ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
यसैगरी गार्डिन माइक्रो लाइफले १२ लाख १० हजार २२७ वटा बीमालेख जारी गरेर ५ करोड ६३ लाख ७ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २ लाख २१ हजार २५३ वटा बीमालेख जारी गर्दै ४ करोड ३८ लाख ३२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्