काठमाडाैँ । नेपालीहरूकाे महान पर्व विजया दशमी सुरू भएसँगै गाउँ फर्किनेहरूको लर्को लागेको छ ।
काठमाडौँ उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला, जडिबुटी लगायतका क्षेत्रमा मानिसहरु गाडी कुरेर बसिरहेका देख्न सकिन्छ । दशैँमा काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको संख्या उल्लेख्य हुने गर्दछ । दसैँ नेपालीहरूको महान चाड भएकाले पनि काठमाडौँलाई कर्मथलो र अध्ययनस्थल बनाएकाहरू आफ्नो गाउँ फर्किरहेका छन् ।
केही सडकखण्डहरूमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र परेका छन् । विपी राजमार्ग हुँदै पूर्वको यात्रा गर्नेहरु गौशाला, कोटेश्वरमा भीड देख्न सकिन्छ । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूको गुनासो छ ।
विगतका वर्षहरुमा अग्रिम टिकटको व्यवस्था हुँदा पहिलै टिकट काटेर राख्न मिल्ने र टिकट लिएको दिन आएर घर जान पाउने व्यवस्था रहेपनि यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परिरहेको बताए । केही यात्रुहरूले रिजर्भमा गएका, केही पहिरोका कारण रोकिँदा बस नपाएको गुनासो समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्