पुनर्निर्माण कोषका लागि वनस्पति ध्यु तेल उत्पादक संघद्वारा ५० लाख सहयोग


काठमाडौं । अर्थ मन्त्रालयमा आज नेपाल वनस्पति ध्यु तेल उत्पादक संघले पुनर्निर्माण कोषका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

संघले प्रदान गरेको उक्त सहयोग रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई एक कार्यक्रमबिच हस्तान्तरण गरिएको हो।

संघका प्रतिनिधिहरूले प्राकृतिक विपद् र अन्य कारणले भौतिक संरचनामा भएको क्षतिपूर्ति तथा प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि यो सहयोग उपलब्ध गराइएको बताएका छन्।

कार्यक्रममा सहयोग रकम ग्रहण गर्दै अर्थमन्त्री खनालले यस्तो सहयोगले प्रभावित क्षेत्रको पुनर्निर्माण र राहत कार्यलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

नेपाल वनस्पति ध्यु तेल उत्पादक संघले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।